RCI



रुपन्देही उद्योग संघमा प्रदेशस्तरीय त्ख्भ्त् सम्बन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रम ।

रुपन्देही उद्योग संघमा प्रदेशस्तरीय त्ख्भ्त् सम्बन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रम ।

रुपन्देही उद्योग संघमा प्रदेशस्तरीय TVET सम्बन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रम ।

बुटवल साउन २८ 
रूपन्देही उद्योग संघ र लुम्बिनी प्रदेशका सचिव स्तरीय टोलीबीच प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम सम्बन्धी अन्तरक्रिया भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पराजुलीले उद्योगको आवश्यकता र बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम कार्यक्रमलाई उद्योगसँग अझ प्रभावकारी रूपमा जोड्नुपर्नेमा जोड दिनुभयो । वहाँले उद्योग क्षेत्रमा आवश्यक सीप र जनशक्तिको पहिचान गरी सोहीअनुसार तालिम सञ्चालन गर्न सके युवालाई रोजगारीसँग जोड्न सहज हुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्न दक्ष जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताउँदै टिभेट कार्यक्रमलाई परिणाममुखी बनाउन सरकार, उद्योग र तालिम प्रदायक संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । वहाँले उद्योगको वास्तविक आवश्यकता बुझेर तालिमका कार्यक्रम सञ्चालन गर्न सके सीप सिकेका युवालाई रोजगारी तथा स्वरोजगारसँग जोड्न सकिने बताउनुभयो ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका प्रदेश सचिव सुशीला अर्यालले टिभेट  क्षेत्रलाई समयअनुकूल र रोजगारमुखी बनाउनुपर्नेमा जोड दिँदै निजी क्षेत्र तथा उद्योगसँगको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने बताउनुभया े। उहाँले तालिममा मात्र सीमित नभई तालिमपछि रोजगारी, उद्यमशीलता र सीपको प्रयोग सुनिश्चित गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै, सामाजिक विकास मन्त्रालयका उपसचिव हरिकला सारुले प्रदेशमा सञ्चालन भइरहेका सीप विकास तथा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम कार्यक्रमको प्रभावकारिता बढाउन सरोकारवाला निकायबीच निरन्तर समन्वय र अनुभव आदानप्रदान आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, कोषाध्यक्ष विशाल बेलबासे, सचिव अशोक कुँवर, सहकोषाध्यक्ष राजु घिमिरे तथा कार्यसमिति सदस्यहरू  र उद्योगीको सहभागिता रहेको थियो ।
त्यसैगरी, इन्स्योर परियोजना लुम्बिनी प्रदेशका प्रबन्धक अम्बिका प्रसाद तिमिल्सिना र लुम्बिनी प्रदेश टिभेट कोर्डिनेटर नेपालुराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम क्षेत्र, उद्योगको आवश्यकता, सीप विकास तथा रोजगारसँग जोडिएका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा उद्योगको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन, तालिमको प्रभावकारिता तथा उद्योग–तालिम प्रदायक बीचको सहकार्यका विषयमा जानकारी प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले सीप विकासलाई उद्योगको आवश्यकता र रोजगारीसँग प्रत्यक्ष जोड्नुपर्ने, युवालाई बजारको मागअनुसार व्यावहारिक सीप प्रदान गर्नुपर्ने तथा प्रदेश सरकार, उद्योग र सम्बन्धित संस्थाबीच सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा साझा धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमले लुम्बिनी प्रदेशमा टिभेट  कार्यक्रमलाई उद्योगको आवश्यकता, सीप विकास र रोजगारीसँग जोड्दै अघि बढाउन थप सहकार्य र समन्वयको आधार तयार गरेको आयोजकले जनाएको छ ।