सीप विकास इकाइ (SDU) ले प्रदान गर्ने सेवाहरू
१. उद्योगमा कार्यरत कामदारहरूका लागि सिप स्तरोन्नति तालिम (Skill Upgrading Training) स–शुल्क वा निःशुल्क रूपमा सञ्चालन गर्ने ।
२. उद्योगहरूलाई व्यवसायिक सुरक्षा तथा स्वास्थ्य (Occupational Safety and Health – OSH) सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गर्ने तथा सम्बन्धित मार्गदर्शिका (म्यानुअल) विकास गर्ने ।
३. उद्योगका सुपरभाइजरहरूका लागि CTEVT र TITI सँग समन्वय गरी ५ दिने इन–कम्पनी ट्रेनर तालिम (In-company Trainer Training) सञ्चालन गर्ने ।
४. उद्योगहरूको कार्बन फुटप्रिन्ट मूल्याङ्कन तथा न्यूनीकरण योजना (Carbon Footprint Assessment and Mitigation Plan) तयार गर्ने ।
५. उद्योगहरूको मानव संसाधन रणनीति तथा नीति (Human Resource Strategy/Policy) निर्माण गर्ने ।
६. उद्योगहरूको मागमा आधारित छोटो अवधिका तालिमका नयाँ पाठ्यक्रम विकास तथा विद्यमान पाठ्यक्रम परिमार्जन गर्ने ।
७. उद्योगमा आवश्यक सिपको माग र आपूर्तिको विश्लेषण गरी सिप नक्साङ्कन अध्ययन (Skill Mapping Study) गर्ने ।
८. उद्योग तथा व्यवसायलाई आवश्यक सिप र दक्षता भएको जनशक्ति उपलब्ध गराउने।
९. व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी सेवा प्रदान गर्ने ।
१०. कर (Tax) तथा मूल्य अभिवृद्धि कर (VAT) सम्बन्धी अभिमुखीकरण तथा सहजीकरण सेवा प्रदान गर्ने ।